अक्युप्रेसर भनेको के हो?

अक्युप्रेसर को सम्बन्ध अकुपन्चर सँग छ। लेटिन भाषामा ‘ACU’ को अर्थ ‘सियो’ र ‘PUNCTURA’ को अर्थ छेड्नु वा घोच्नु भन्ने हुन्छ। अक्युपन्चर रोग उपचार गर्ने एक प्राचीन चिनियाँ कला हो जसअनुसार बिशेष सियोहरुले हाम्रो शरीरमा भएका बिशेष विन्दुहरुमा घोचेर उपचार गरिन्छ। त्यसै गरेर तिनै बिशेष विन्दुहरुमा हाम्रा औंलाहरुले, कुहिनोले, चुच्चे बस्तु (घाउ नलगाउने खाल्को) ले थिचेर गरिने उपचार चाहिं ‘अक्युप्रेसर’ हो। त्यसकारण अक्युप्रेसर भनेको सुइरो वा सियोहरु प्रयोग नगरि उपचार गरिने अक्युपंचर हो भन्न सकिन्छ।

अक्युप्रेसरलाइ विभिन्न देशमा भिन्न भिन्न नामले चिनिन्छ। जापानमा ‘शिआचू’, कोरियामा ‘सुजोक’, इन्डियामा ‘ रिफ्लेक्सोलोजी’ आदिको नामले चिनिन्छ। अक्युपन्चर र अक्युप्रेसरलाई आजको यो अवस्थामा ल्याई पुर्याउने जस चीनलाई जान्छ जहाँ यी उपचार पद्दतिलाई प्रभावकारी र लोकप्रिय बनाउन गहन एवं महत्वपूर्ण खोज तथा अनुसन्धान गरिएका छन्। जापानले एक प्रकारको विशिष्ट प्रकारको ‘प्रेसर उपचार’ लाई बिकसित एवं लोकप्रिय बनाउन भूमिका खेलिरहेको छ, जुन उपचारलाई ‘शिआचू’ भनिन्छ। शिआचू पनि अक्यूप्रेसर कै सिद्दान्तमा आधारित छ। जापानीज भाषामा ‘शी’ भनेको औंला हो र ‘आचू’ भनेको प्रेसर (दबाब) हो। हाम्रो उपचार केन्द्रमा उपचार गर्दा अपनाउने बिधि यहि ‘शिआचू’ मा आधारित छ।

विश्व स्वास्थ्य संगठन (WHO) ले अक्युप्रेसरलाई एक विज्ञानको रुपमा स्वीकारेको छ। यस अनुसार अक्यूप्रेसर बिधिबाट उपचार गर्दा तंत्रिका तंत्रमा भएका न्यूरन्सहरु सक्रिय हुन्छन जसले अंतःस्रावी ग्रंथिलाई प्रेरित गरेर खराब भएका अंगप्रत्यंगलाई ठीक बनाउँछ।

सिद्धांत

शताब्दीऔं देखि, मुख्य रूपमा भारत, जापान, चीन, नेपाल तथा अरु एशियाई देशमा मानव जीवनलाई जैव विद्युतिय घटनाका रूपमा लिइन्छ। अर्थात हाम्रो जीवनको अस्तित्व यहि जैविक उर्जाको कारणले भएको हो जसलाई ‘प्राण’ वा ‘चेतना’ भनिन्छ। हाम्रो शरीरमा यहि जैविक शक्तिको उपस्थितिले गर्दा हामी सास फेर्छौं, खाना पचाउं छौं, सोच छौं र बाँच छौं । यो उर्जालाई चीनमा ‘चि’ भनिन्छ| यो उर्जा बिशेष गरेर दुई किसिमको शक्ति मिलेर बनेको हुन्छन् | यिन (Negative) र याँग (Positive)| जबसम्म यी दुई शक्तिहरु पूर्ण रुपमा सन्तुलित हुन्छन्, हामी स्वस्थ र निरोगी हुन्छौं | जब यी दुइमा असन्तुलन पैदा हुन्छ हामी बिरामी हुन्छौं | यी शक्तिहरु विभिन्न बाटोहरुको माध्यमबाट हाम्रो शरीरका सबै महत्वपूर्ण अंग हुँदै प्रवाहित भै रहन्छन् । यी ‘रुट’ तथा च्यानलहरुलाई मेरिडियनहरु भनिन्छ (चित्र १.) | चिनियाँहरु तिनीहरुलाई ‘जिंग’ भन्छन् |

अक्युपन्चर अथवा अक्यूप्रेसर उपचार पद्दति अनुसार हाम्रो शरीरमा हुने मेरिडियनहरुमा झन्डै ९०० वटा जति ‘अक्यू’ विन्दुहरू हुन्छन् (चित्र १.) | रोग निको बनाउन यी विन्दुहरुमा की त घोचिन्छ या दबाब दिइन्छ | केही महत्वपूर्ण विन्दुहरू चित्र न. २, ३ र ४ मा दिइएका छन् |

we have over 20 Years of experience

Contact Us