१. यहाँ बिरामीको उपचार गर्दा कुन बिधि अपनाइन्छ ?
उत्तर : हामी यहाँ उपचार गर्दा आफ्नैं विधिका साथै मुख्यतः अक्युप्रेसर (शिआचू) का तरिकाहरु अपनाउँछौं।
२. हामीले यहाँ उपचार गर्दा अपनाउने सबै बिधि र तरिकाहरु शिआचू संगै मिल्छन त ?
उत्तर : अँह मिल्दैनन् । केही मिल्छन तर सबै होइन ।
३. के र कस्ता रोगहरुलाई अक्युप्रेसर फाइदाजनक हुन्छ ?
उत्तर : विश्व स्वास्थ्य सङ्गठनले अक्युप्रेसरलाइ निम्नलिखित रोगहरुको लागि सिफारिस गर्दछ| पिनाश, टनसिलाइटिस, दाँतदुख्ने, बाडुली लागिरहने, अन्ननली खुम्चिएर हुने पीडा, ग्यासट्रोप्टसिस, सामान्य तथा जटिल ग्यास्ट्रिक, अम्लपित्त, कोलाइटिस बाट हुने पीडाको लागि, कब्जियत, झाडापखाला लागिरहने, गर्धन तथा हात दुख्ने ( सर्भाइकल स्पोनडीलसिस ), ढाड दुख्ने, अनिद्रा, शिरदर्द, माइग्रेन, नसामा हुने दुखाइ, काँध अररो हुने, कुहिनो सुन्निने र दुख्ने, साइटिका, तल्लो ढाड दुखाइ आदि।
४. कस्तो अवस्थामा अक्युप्रेसर अपनाउनु उपयुक्त हुँदैन ?
उत्तर : आन्द्रा तथा पेट साँघुरिएर हुने समस्या, भर्खर अपरेसन भएको समस्या, रक्त बिकार सम्बन्धि समस्याहरु, जन्मजात समस्याहरु, किटाणुजन्य समस्याहरुमा अक्युप्रेसर उपयुक्त हुँदैन |
५. कति पटक वा दिन उपचार गर्नु पर्छ ?
उत्तर : यो कुरा व्यक्ति वा रोग अनुसार फरक फरक रुपमा लागु हुन्छ। रोगको अवस्था अनुसार औसतमा ५-३० पटकको उपचार आवश्यक हुन्छ।
६. दिन वा हप्तामा कति पटक उपचार गरिन्छ ?
उत्तर : यो पनि फरक फरक रुपमा लागु हुन्छ। कसैलाई दिनहुँ उपचार गरिन्छ भने कसैलाई एक दिन बिराएर गरिन्छ।
७. कुनै साइड-असरहरु हुन्छन की ?
उत्तर : बिज्ञ तथा अनुभवी व्यक्तिहरुले उपचार गर्दा कुनैपनि हालतमा साइड असरहरु हुँदैनन्।